
पूर्णपुष्टि, बैशाख २६
उदयपुरको चौदण्डीगढी नगरपालिका बिरेन्द्र बजारमा आईतबार बिहान आगलागी हुँदा १ करोड २० लाख बराबरको नोक्सान भएको छ । आगलागीमा ५ घर जलेर खरानी भएको छ ।
आगलागीमा परी उदयपुर चौदण्डिगढी न.पा.८ बिरेन्द्रबजारका भरत राई, सोहि ठाउँका शिसिर कुमार राई, बादल बिक्रम राई, पदम कुमारी मगर, कृष्ण मगरको घर पूर्ण रुपले जलेर क्षती पुगेको छ । घर सहित पार्किङमा राखिएको सवारी साधनहरु पनि जलेको छ ।
सोही स्थानका केशव बयलकोटीको पार्किङ गरि राखेको स ८ प २७२५ नं को मोटरसाईकल, को २ त ८२३० नं को ट्याक्टर र लाल बहादुर राईको बा १३ प ८४८० नं को मोटरसाईकल समेत जलेर क्षती पुगेको छ ।
भरत राईको काठले बनेको टिनको छाना भएको १ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन र लता कपडा जल्दा अन्दाजी मुल्य रु.३५ लाख बराबरको क्षति, शिसिर कुमार राईको काठले बनेको टिनको छाना भएको १ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन र लता कपडा जली अन्दाजि मुल्य रु.२० लाख बराबरको क्षति, बादल बिक्रम राईको काठले बनेको टिनको छाना भएको १ तले घर , घर भित्र रहेको अन्नपात, भाडावर्तन र लता कपडा जल्दा अन्दाजि मुल्य रु.१२ लाख र निजकै दिदि सोहि घरमा बस्ने मुना राईको अन्नपात, भाडावर्तन र लता कपडा समेत अन्दाजि मुल्य रु.३ लाख बराबरको क्षति, पदम कुमारी मगरको काठले बनेको टिनको छाना भएको १ तले घर, घर भित्र रहेको अन्नपात,भाडावर्तन र लता कपडा समेत अन्दाजि मुल्य रु.३० लाख बराबरको क्षति र कृष्ण मगरको काठले बनेको टिनको छाना भएको १ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन र लता कपडा समेत अन्दाजि मुल्य रु. १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागीको खबर सँगै इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सहितका १५ जना टोली घटना स्थल तर्फ गई दमकल र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिएका थिए । भरत राईको घरमा बिद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
