
पूर्णपुष्टि, वैशाख ३१
पछिल्लो समय उदयपुरमा पनि नयाँ भेरिएन्टको कोरोना बढेसंगै चौदण्डीगढी नगरपालिकामा शुक्रबार गरिएको एन्टिजेन्ट परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको छ । आज बिहान सातधारे स्थित कोभिड अस्पतालमा गरिएको परीक्षणमा एक जनप्रतिनिधि, प्रिन्सिपल, एम्बुलेन्स चालकसहित १५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रिन्सिपलसहित उनका श्रीमती र एक छोरामा पनि संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी संक्रमित हुनेहरुमा २ नं. वडा चारघरेका ४, ६ र ११ वर्षीया बालिकाहरुसमेत रहेका छन् । उनीहरुको ३ जना अभिभावकमा विहिबार नै संक्रमण पुष्टि भइसकेको थियो ।
