
पूर्णपुष्टि, जेष्ठ ४
उदयपुरमा कोरोना संक्रमण दर तीव्र गतिमा फैलिन थालेपछि बेलका र त्रियुगा नगरपालिकाका वडाहरु सिल गर्न प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाई निर्देशन दिनुभएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा सम्बन्धित पालिकाहरुले सिफारिस गरेपछि त्रियुगा नगरपालिका–१६ र बेलका नगरपालिका–४ स्थित गुरूङ चौरलाई अनिश्चितकालका लागि सिल गर्न प्रशासनले जानकारी दिएको छ ।
चौदण्डीगढी नगरपालिकास्थित कोभिड अस्पताल र मदन भण्डारी आँखा अस्पतालमा संक्रमित विरामीहरुको उपचारलाई थप प्रभावकारी बनाउन ५/५ बेडको एचडीयू सञ्चालन गर्न सामाजिक विकास मन्त्रालय प्रदेश–१ सँग समन्वय गरी चौदण्डगढी नगरपालिका र जिल्ला अस्पताललाई व्यवस्था मिलाउन भनिएको विज्ञप्तिमा उल्लेख छ ।

