Saturday, May 16News That Matters

उदयपुरको बेलकामा २ जना व्यापारीमा कोरोना संक्रमण

पूणर्पुष्टि, साउन, १५

उदयपुरको बेलका नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका ९ का ३५ वर्षीया महिला र २० वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनिहरुमा कोरोना पुष्टि भएको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले समुदाय स्थरमै कोरोना फैलिएको बताउनुभएको छ । कोरोना संक्रमित दुवै जना व्यापारी रहेको उहाँले बताउनुभयो । महिला कपडा व्यपारी हो भने पुरुष होटल संञ्चालक रहेको प्रजिअ पाण्डेले बताउनुभयो ।

बेलकामा केही दिनअघि मात्रै एकै परिवारका ४ँ सहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने आंशका गरिरएको थियो ।

योसँगै जिल्लामा संक्रमितको संख्या ८७ जना पुगेको छ ।  त्यसमध्ये २२ जना महिला र ६५ जना पुरुष रहेको स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । पोजिटिभ देखिएकामध्ये सबैभन्दा बढी त्रियुगा नपामा ३७ जना पुरुष, १३ जना महिला गरी ५० जना, बेलकामा ५ महिलासहित २४ जना, कटारीमा ७, चौदण्डीमा नपामा १, ताप्लि गाउँपालिकामा ३  र उदयपुरगढी गापामा २ रहेका छन् ।