Sunday, August 9News That Matters

उदयपुरको हडियामा हात्तीको आतंक, मन्दिर भत्काउदा पुजारी घाईते

पूर्णपुष्टि, भदौ ८

उदयपुरको चौदणडीगढी नगरपालिका–९ हडियामा आज (मंगलबार) जंगली हात्तीले आतंक मच्चाएको छ । हात्तीले हडियाको मन्दिर तथा स्थानीहरुको घर र गोठमा क्षति पुर्याएको छ ।

हात्तीले शिवपुरी डाँडामा रहेको सप्तेश्वर मन्दिर भत्काएको छ । सप्तेश्वर मन्दिरको तीन पट्टीको दिवाल हात्तीले भत्काईदिएको उक्त मन्दिरकी पुजारी सानुमाया बस्नेतले जानकारी दिईन् । पुजारी बस्तेका अनुसार जंगलबाट निक्लिएको हात्ती अचानक मन्दिर आएर दिवाल भत्काउन थालेपछि आफू भागेर ज्यान बचाउन सफल भएको बताईन । हात्तीले आफुलाई समेत आक्रमण गर्ने डरले भाग्ने क्रममा पुजारी बस्नेत सामान्य घाइते समेत भएकी छिन् । सप्तेश्वर मन्दिरको दिवाल हात्तीले भत्काउदा करिब ३ लाख भन्दा बढीको नोक्सान भएको प्रहरी चौकी हडियाले जनाएको छ ।

मन्दिरमा आक्रमण गरेको हात्तीले स्थानिय चन्द्र बहादुर थापा, भक्त बिस्वकर्मा, शिव कार्की लगायतका व्याक्तिहरुको घर तथा गाईगोठमा समेत सामान्य क्षेती पुर्याएको स्थानीय चन्द्रलाल गिरी जानकारी दिए ।

गए रातीको हात्ती आक्रमणबाट सप्तेश्वर मन्दिरको दिवाल भत्किएपछि निकै दुखी भएकी पुजारी बस्नेतले स्थानीय सरकारले मन्दिर संरक्षणको लागि केही गर्ने आशा गरिरहेकै बेला हात्तीले मन्दिरमा क्षेती पुर्याइदिएकोले तत्काल मन्दिरमा राहत उपलब्ध गराईदिन माग गरेकी छिन् ।

हरेक बर्ष जंगली हात्तीले चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, शिवाई र हडियामा दुख दिने गरेको भए पनि अहिले सम्म हात्ती आतंकबाट बच्ने कुनै उपायबारे सरकारले चासो नदिएको स्थानीयहरुले गुनासो ब्याक्त गरेका छन् ।