Saturday, June 6News That Matters

बाल यौन दुरुपयोग तथा यौनजन्य अपराध सम्बन्धी जनचेतानामुलक कार्यक्रम

पूर्णपुष्टि,माघ २० । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी उदयपुरगढीले उदयपुरगढी गाउँपालिका वडा नं। ५ स्थित कुसुमबोटेमा बालयौन दुरुपायोग तथा यौनजन्य अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पहिला तथा बालबालिका लक्षित कार्यक्रममा करिव ३० जना स्थानिय अभिभावकहरुको उपस्थिति रहेको थियो ।

मुलुकमा पछिल्लो समय महिला तथा बालबालिकाहरु यौनजनय क्रियाकलाप संग लड्दै बस्न बाध्य अवस्था छ । जिल्लाकै हकमा पनि बिगतलाई फर्केर हेर्दा एक पछि अर्को जनन्य अपराधहरु बढिरहेको तत्याङकमा उल्लेख छ । यस्ता गतिविधिहरुलाई न्युनिकरण गर्न स्थानीय,प्रदेश र केन्द्रिय सरकार तीनै तहका सरकारहरुको ध्यान जान जरुरी देखिन्छ ।