पूर्णपुष्टि, कार्तिक १७ गते ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अबैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्र्तगत जिल्लाका विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्से बस्ने ३४ वर्षीय विकाश राई, वडा नं. ११ का ३५ वर्षीय राजकुमार राई र वडा नं. १३ जोगिपोखरीका २४ वर्षीय आईस अधिकार पक्राउ परेका हुन् । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलिले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
बसर्पाक स्थित प्रहरीले चेकजाँच गर्ने क्रममा विकाशलाई सोमबार ६ बजे पक्राउ गरेको हो । प्रहरीले विकाशको साथबाट डाईजेपाम १४ एम्पुल , बुप्रिनोर्फिन १४ एम्पुल, फेनार्गन १४ एम्पुल समेत गरी जम्मा ४२ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरेको छ । उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद लिई थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राकेश कुमार पोदारले बताए ।
सोही घटनामा संलगन रहेको भन्ने सुचनाको आधारमा बुधबार राजकुमारलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको डिएसपी पोदारले बताए ।
त्यस्तै, प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले बुधबार करिब ४ः २५ बजेको समयमा अधिकरीलाई उनकै घरमा लुकाई छिपाई राखेको डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल ,डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल , फेनारगन १० एम्पुल समेत गरि जम्मा ३९ एम्पुल प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ परेको अधिकारीलाई प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान सुरु गरिएको डिएसपी पोदारले जनाए ।
