Sunday, May 17News That Matters

नालामा डुबेर ३ वर्षिय बालकको मृत्यु

पुर्णपुष्टि, माघ ३०

सर्लाहीमा ३ बर्षिय बालक नालामा डुवेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नं. ५ का ब्रहमदेव साहको ३ वर्षिय  छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको हो ।

बालक घर अगाडिको नालामा मृत अवस्थामा फेला परेको प्रहरिले जनाएको छ । बिहिबार साझँदेखि हराएको बालकको खोजि गर्दा उनलाई घर अगाडी नालामा मृत अवस्थामा परिवारले फेला पारेको हो

घटना बारे अनुसन्धान भईरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कँुवरले बताएका छन् ।