Wednesday, July 29News That Matters

उदयपुरमा आगलागी हुँदा घर सहित खोरमा रहेको २१ ओटा बाख्रा जल्यो, १८ लाख बराबरको क्षती

पूर्णपुष्टि, फागुन २७

उदयपुरमा आगलागी हँदा १८ लाख बराबरको क्षती पुगेको छ । ताप्ली गाउँपालिका ५ स्थित ४० बर्षिय पन्चे सार्कीको घरमा आगलागि हँदा घर सहित ३ ओटा मतान, गोठ, गोठमा रहेको २१ बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरमा रहेको ५० हजार नगद, लत्ता कपडा, सुन चाँदी र खाद्यन्न समेत पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

फुसको छानो र ढुंगा माटोले बनेको २ तल्ले घरमा सोलार प्यानल सर्ट हुन गई आगलागी भएको प्रहरीको भनाई छ ।

आगलागिमा मानविय क्षेती भने भएको छैन । रुपाटार प्रहरी चौकी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।