
पूर्णपुष्टि, बैशाख २९
उदयपुरमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २० पुरुष र १२ महिला गरी ३२ जनामा संक्रण्मा पुष्टि भएको हो ।
आज थपिका ३२ सहित जिल्लामा कुल संक्रमितको संख्या २७९ पुगेको छ । आज संक्रमित हुनेहरुमा त्रियुगा, कटारी १५ र उदयपुरगढीका रहेको छ । संक्रमण बाट मर्नेको कुल संख्या ७ पुगेको छ भने निको हुनेको संख्या ४ रहेको छ ।
