
पूर्णपुष्टि, जेष्ठ ६
उदयपुरमा आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दैनिक गरिरहेको कोरोना परिक्षण बाट आज ४१ जना संक्रमित थपिएको हो ।
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थप भएका संक्रमितहरु मध्ये पुरुष २८ र महिला १३ रहेका छन् । आज थप भएकाहरु त्रियुगा, चौदण्डीगढी, बेलका, लिम्चुङबुङ, र उदयपुरगढीका हरु छन् । त्रियुगामा १७, चौदण्डीगढीमा १५, उदयपुरगढीमा ५, बेलकामा २ र लिम्चुङबुङमा २ जना रहेको छन् ।
आज कोरोना संक्रमितहरु ३० जना निको भएर घर फर्किएका छन् । २२ पुरुष र ८ महिला गरी ३० जना कोरोना संक्रमण बाट निको भएको कार्यालयको तथ्याँङकले देखाएको छ ।
यसैगरी आज मृत्यु हुनेको संख्या सुन्य रहेको छ । हिजो सम्म मृत्यु भएको संख्या १६ रहेका थिए भने आज पनि सोहि संख्या रहेको छ । जिल्लामा आज थपिएका संक्रमित सहित टोटल संक्रमितको संख्या ५०९ पुगेको छ ।
