
पूर्णपुष्टि, बैशाख ५
मानसिक सन्तुलन गुमाएकी एक महिलाको ज*व*र*ज*स्ती क*र*णी पश्चात ह*त्या गरेको आरोपमा उदयपुरमा एक जनालाई प्रहरीले प*क्रा*उ गरेको छ ।

रौतामाई गाउँपालिका ७ बस्ने पवन आछामेको छोरा २४ बर्षिय राजु आछामेलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले प*क्रा*उ गरेको हो । आछामेलाई पक्राउ गरी अनुसन्धान पश्चात का*र्वा*ही अगाडी बढाएको पनि प्रहरीले जनाएको छ ।
रौतामाई गाउँपालिका ७ नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा घाँस काट्न जाने मानिसहरुले शुक्रबार कं*का*ल फे*ला पा*रे*प*छि प्रहरीमा खबर गरेको थियो । प्रहरीले खबर पाए लगत्तै सुक्ष्म अनुसन्धान गरी दो*षी*ला*ई प*क्रा*उ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सुचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
तराईबासी जस्तो देखिने नाम थर एकिन नभएकी अन्दाजी २६/२७ बर्षकी ती महिला मुर्कुचि, सुकौरा, राजावास, अधेँरी आसपासमा मागेर खाई हिड्ने मा*न*सि*क स*न्तु*ल*न गुमाएकी महिला रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
२०७७/१२/११ गतेको दिन महिलालाई ज*व*र*ज*स्ती हातमा समातेर जं*ग*ल*मा लगी क*र*णी पश्चात टा*उ*को*मा ढुं*गा प्र*हा*र गरी *हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
प्रहरीका अनुसार घटना स्थलमा हत्या गर्न प्र*हा*र भएको ढुं*गा, महिलाको चुरा पोते र ह*त्या गर्ने व्यक्ति राजु आछामेको टोपी समेत फेला परेको प्रहरीले जनाएको छ ।

