
पूर्णपुष्टि, वैशाख २६
उदयपुरमा कोरोना संक्रमितको संख्या १७५ पुगेको छ । पछिल्लो समय उदयपुरमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । शनिबार थप भएको चारजना सहित कुल संक्रमितको संख्या १७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
कुल संक्रमित मध्ये ६८ महिला रहेका छन् भने, एक सय सात पुरुष रहेको स्वास्थ्य कार्यालयले उदयपुरले जनाएको छ । शनिबार संक्रमण पुष्टि भएको मध्ये बेलका नगरपालिकाका एक र त्रियुगा नगरपालिकाका तीनजना रहेका छन् । त्रियुगा नगरपालिका वडा नं.११ को ६० वर्षीय एक पुरुष, वडा नं. १३ को ६० वर्षीय एक पूरुष, त्रियुगाकै वडा नखुलेको २९ वर्षीया एक महिला र बेलका–४ का २९ वर्षीय पुरुषसहित चारजनामा संक्रमण पुष्टि भएको हो ।
उदयपुरमा कोरोना मुक्त हुनेको संख्या दुई महिला र एक पुरुष गरी तीनजना रहेका छन् भने कोरोना संक्रमणबाट दई महिला र दुई पुरुष गरी चारजनाको मुृत्यु भएको छ ।
