
पूर्णपुष्टि, साउन २२
उदयपुरको विभिन्न खोलाबाट अवैध रुपमा गिटी, बालुवा र ढुङ्गा चोरी निकासी गर्ने दुई वटा ट्याक्टर पक्राउ परेको छ ।
प्राकृतिक स्रोत साधनहरु दोहन चोरी निकासी आदी कार्यको नियन्त्रण तथा कार्वाही गर्ने अभियान अन्तर्गत बुधबार राती दुई वटा ट्याक्टार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले त्रियुगा नगरपालिका–३ स्थित ठाडी खोला र त्रिनपा–२ स्थित लुवाले खोलाबाट गिटी, बालुवा र ढुङ्गा चोरी निकासी गर्ने उद्देश्यले लुकिछिपी बसेको अवस्थामा राती प्रदेश २–०१–००१ त ०२३५ र स १ त २४४७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त पक्राउ परेको ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य अघि बढाएको जिप्रका उदयपुरले जनाएको छ ।
