Wednesday, July 29News That Matters

उदयपुरमा जंगलको डढेलो गाउँ पस्दा २ घर जलेर नस्ट

पूर्णपुष्टि, चैत्र २२
उदयपुरको रसुवा खोलाबाट लागेको डढेलो गाउँ पस्दा दुई घर जलेर नष्ट भएको छ । रौतामाई गाउँपालिका–३ भोर्लाबासमा जंगलमा लागेको डढेलो गाउँ पस्दा भोर्लाबासमा दुई घर जलेर नष्ट भएको हो ।शनिबार रसुवा खोलाको जंगलमा लागेको डढेलो गाउँ पस्दा टंकबहादुर नेपाली र छोरा उमेश नेपालीको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय भुट्टारले जनाएको छ ।

आगलागीबाट दुई घर जलेर नष्ट हुदा करिब १० लाख बराबर को क्षेती अनुमान गरेको जनाएको छ । ईलाका प्रहरी कार्यलय भुट्टारलाई घटनाका जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी खटाईएको ईप्रकाले जनाएको छ ।

जंगलको डढेलो लाफागाउँ, धर्मे, फार्से, पाकाना, सल्लेनी, सालघारी, मार्देखु, छेचुवा, बलिन्टार र कौसिका माध्यमिक बिधालय धर्मे पनि जोखिममा परेको छ । आगो नियन्त्रण गर्न आबस्यक उपकरण र पानीको स्रोत नहुदा अझै जोखिम बढाउने अनुमान गरिएको  स्थानीयहरुले बताएका छन् ।