पूर्णपुष्टि,माघ ४ । केही दिनयता विहानी पख हुस्सु र चिसोको कारण उदयपुरका सर्वसाधारणको जनजिवन प्रभावित हुन थालेको छ । अत्याधिक चिसोको करण बुधवार विहानीपख डिभिजन वन कार्यालय उदयपुर, चप्पान सामुदायीक वन उपभोक्ता समिति र नगर प्रहरीले दाउरा वितरण सुरु गरेको हो ।

डिभिजन बन, चप्पन सामुदायीक वन र नगर प्रहरीको समवन्यमा दाउरा संकलन गरी वितरण सुरु गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जोश्वर साहले बताए । उनका अनुसार गाईघाट बजारको विभिन्न मुख्य चोक चोकमा दाउरा वितरण सुरु गरेको बताए । गाईघाट आसपासको चोकहरु मध्या मेनचोक, विपिचौक, बैंक लाईन, पसर्पाक, सिवालय टोल, संगमटोल, इन्दे्रश्वर टोल, साकेला टोल, विशान नगर टोल र बाक्से चोकहरुमा आगो बाल्न दाउँरा वितरण गरिए साहले जानकारी दिए ।

माघको पहिलो हप्त नविदै गाईघाटमा पनि विहानको समय चिसोसंगैको हुस्सुले सडक ढाकिने गरेको छ । विहानीपख बाक्लो हुस्सुको कारणले यातायात सञ्चालनमा समेत अवरोध पुर्याउने गरेको छ । चोसोका कारण विशेषगरी विद्यार्थी, वालवालिका, बृद्धबृद्धा प्रभावित बनेका छन् ।
जाडोलाई मध्यनगर गर्दे स्थानी विद्यार्थी, व्यवसायी र विपन्न वर्गहरुलाई जाडो मौसममा न्यानो दिनको आभास गराउने उदेश्यका साथ गाईघाट आसपासको चोकहरुमा आधा चट्टा दाउरा वितरण गरिएको चप्पन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र प्रसाद सिक्देलले बताए ।






