Tuesday, June 2News That Matters

उदयपुरमा ट्याक्टरबाट लडेर १ जनाको मृतयु

उदयपुर, बैशाख ४

उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  त्रियुगा नगरपालिका–१ जोगीदह कि ४५ बर्षीया सारदा चौधरीको ट्याक्टरको ट्रलीबाट झरी मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे १० बजे उनि जंगलबाट घासँ काटेर फर्कने क्रममा प्रदेश २–०१–००१त ००८१ नम्बरको ट्याक्टरमा घाँस लोड गरी पछाडी डालामा बसेर आउने क्रममा सोही ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागी विराटनगर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।