Saturday, May 23News That Matters

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ २१

उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–१० निबासी २२ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो ।
उनी केहि दिन अगाडी दुवईबाट आएर त्रियुगा नगरपालिकाले निर्माण गरेको नित्रपा–३ को मोतिगडा क्वारेन्टाईनमा बस्दै आएको थियो । उनको यहि भदौ १८ गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी कोशी अस्पताल पठाएकोमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।