
पूर्णपुष्टि, असार २०
उदयपुरमा आज (आइतबार) थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमि मध्ये ९ महिला र ५ पुरुष रहेका छन्, योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ४ सय १ जना पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका संक्रमितहरु त्रियुगा र बेलका नगरपालिका रहेका छन् । त्रियुगामा ८ महिला र ४ पुरुषमा गरी १२ जनामा संक्रमण देखिएको छ । त्रियुगाको वडा नं. ५ का ८ महिला र २ पुरुषमा संक्रमणमा पुष्टि भएको छ । त्यस्तै, त्रियुगा कै वडा नं. १० का १ पुरुष र वडा नं. १३ का १ पुरुषमा संक्रमण देखिएको हो ।
बेलकाको वडा नं. ७ का १ महिला र वडा नं. ५ का १ पुरुष गरी २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
त्रियुगामा हालसम्म ४६ महिला र ५९ पुरुष गरी १ सय ५ जना संक्रिय संक्रमित रहेका छन् । नगरमा ३ सय ५९ महिला र ४ सय ७२ पुरुष गरी ८ सय ३१ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट ७ महिला र १९ पुरुष गरी २६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
त्यस्तै, कटारीमा ११ महिला र १७ पुरुष गरी २८ जना संक्रिय संक्रमित रहेका छन् । ६९ महिला र १ सय १ पुरुष गरी १ सय ७० जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको छ ।
बेलकामा ५६ महिला र ४० पुरुष गरी ९६ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना मुक्त हुनेको संख्या १ सय ४३ महिला र १ सय ४१ पुरुष गरी २ सय ४८ जना रहेका छन् । बेलकामा १ महिला र ४ पुरुष गरी ५ जनाको कोरोनाले ज्यान गएको छ ।
चौदण्डीगढीमा ६६ महिला र ४७ पुरुष गरी १ सय १३ जना संक्रिय संक्रमित रहेका छन् । १ सय ७७ महिला र १ सय ७५ पुरुष गरी ३ सय ५२ जना कोरोना मुक्त भएर घरफर्किएका छन् । चौदण्डीगढीमा ४ महिला र ५ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।
रौतामाईमा ३४ महिला र ५९ पुरुष गरी ९३ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १ जना पुरुषको मृत्यु भएको छ, भने रौतामाईमा हाल संक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।
त्यस्तै, उदयपुरगढीमा २० महिला र ३४ पुरुष गरी ५४ जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १ महिलार २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ, भने हाल उदयपुरगढीमा पनि संक्रिय संक्रमित शुन्य रहेको छ ।
ताप्लीमा २१ महिला र १९ पुरुष गरी ४० जना संक्रिय संक्रमित रहेका छन् । ताप्लीमा २६ महिला र ४० पुरुष गरी ६६ जना कोरोना मुक्त भएका छन् । ताप्लीमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
लिम्चुङबुङमा ८ महिला र ९ पुरुष गरी १७ जना संक्रिय संक्रमित रहेका छन् । ४९ महिला र ५४ पुरुष गरी १ सय ३ जनाले कोरोना जितेका छन्, भने कोरोनाले लिम्चुङबुङमा १ जना महिलाको ज्यान गएको छ ।
जिल्लामा हालसम्म संक्रिय संक्रमित २ सय ८ महिला र १ सय ९१ पुरुष गरी ३ सय ९९ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । कोरोना मुक्त हुनेको संख्या जिल्लामा ८ सय ७७ महिला र १ हजार ७६ पुरुष गरी १ हजार ९ सय ५३ जना पुगेको छ । जिल्लामा कोरोनाले ज्यान गुमाउनेको जम्मा संख्या १५ महिला र ३४ पुरुष गरी ४९ जना रहेका छन् ।
