Monday, June 22News That Matters

उदयपुरमा थप २ जना संक्रमित थपियो, भोलीबाट ब्युटिपार्लर र शैलुन बन्द

पूर्णपुष्टि, बैशाख १७

उदयपुरमा थप २ जना कोरोना संक्रमित थपिएका छन् । आज दिउँसो ४ बजे सम्मको अबधिमा त्रियुगा नगरपालिका १० र ११ का २ जना नयाँ संक्रमित पुष्टि सहित ८ जना भएको हो । आजकै दिन ६ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

 यसैगरी उदयपुरमा शुक्रबार ८ जना कोरोना संक्रमित थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या २५ जना पुगेको स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरञ्जिबी निरौलाले जानकारी दिनुभयो ।

संक्रमति सबै पुरुष रहेका छन भने हाल सबै होम आइसोलेसनमा रहेका छन ।

ब्युटि पार्लर शैलुन बन्द गरिने 

जिल्लामा पनि संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले शनिबार देखि लागुहुने गरी शैलुन र व्यटिपार्लर बन्द हुने सूचना प्रकाशित गरेको छ ।

अर्को आदेश जारी नभए सम्मका लागि प्रशासनले भोली बाटै पार्लर तथा शैलुन तत्काल बन्द गर्ने निर्णय गरेको हो । पार्लर शैलुनमा थप जोखिम र बढी संक्रमणको अवस्था रहेकाले यसलाई बन्द गर्ने सूचना प्रशासनले प्रकाशित गरेको छ ।