Friday, May 22News That Matters

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ २५

उदयपुरमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ का मोतिगडा क्वारेन्टीनका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
केहि दिन अगाडी भारतबाट आएर क्वारेन्टीनमा बसेका त्रिनपा–५ का २१ वर्षीय पुरुष र क्वारेन्टीमा डिउटीमा खटेका ४० वर्षीय नेपाल प्रहरीका प्रहरी हवल्दारमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

यही भदौ २२ गते उनीहरुसहित २२ जनाको स्वाव संकलन गरी परिक्षणको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो । स्वाव परिक्षणमा दुई जनाको रिर्पोट पोजेटिभ आएको कार्यालयले जनाएको छ ।

उनीहरुलाई चौदण्डिगढी नगरपालिका–६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाएको तयारी भईरहेको जनाईएको छ ।