
पूर्णपुष्टि, साउन १९
उदयपुरमा आज (मंलबार) थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १३ महिला र ९ पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ हजार ९९२ पुगेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा पनि संक्रमित भटिएको छ । पछिल्लो केहि दिन यता त्रियुगामा लगातार संक्रमणदर बढ्दोे अवस्थामा छ । आज पनि त्रियुगामै सबै भन्दा बढी उच्च संक्रमित भेटिएको छ । ८ महिला र ८ पुरुष गरी १६ जना त्रियुगा भित्रकै संक्रमित भएका छन् । बेलका र चौदण्डीगढीका १/१ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
त्यसैगरी, ताप्लीमा २ महिला र १ पुरुष गरी ३ जना र लिम्चुङबुङमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज कोरोना जितेर थप १३ जना निको भएर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको संख्या १ हजार २२९ महिला र १ हजार ४३० पुरुष गरी २ हजार ६५९ जना पुगेको छ । जिल्लामा सक्रिया संक्रमितको संख्या १२८ महिला र १५३ पुरुष गरी २८१ जना रहेका छन् । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन । जिल्लमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ महिला र ३६ पुरुष गरी जम्मा ५२ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
