Thursday, May 7News That Matters

उदयपुरमा धान दिवस सँगै चक्लाबन्दि खेतिको उद्घाटन, फोटोफिचर सहित

 पूणर्पुष्टि, असार १५

१७ औँ राष्ट्रिय धान दिवस मुलुकभरी नै मनाइएको छ । उदयपुरमा भने यो बर्षको धान दिवस त्रियुगा नगरपालिका १३ नं वडामा भव्यताका साथ सम्पन्न भयो । सँधै झै यो बर्ष पनि उदयुरमा असार १५ को अवसर पारेर धान दिवस मानाइएको हो । धान दिवस सँगै १६० बिघा जमिनमा गर्न लागिएको चक्लाबन्दि खेतिको पनि उद्घाटन भएको छ । त्रियुगा नगरपालिका वडा नं १३ बहेडुवामा करिब १६० बिघामा गर्न लागिएको चक्लाबन्दि खेतीको उद्घाटन संघिय कृषि तथा पशुपन्छी मन्त्रि घनश्याम भुसालले गर्नुभयो ।

धान दिवस तथा चक्लाबन्दि खेतीको समुद्घाटन गर्दै मन्त्रि भुसालले कृषि पेशाले जनताहरुलाई कहिले निरास नबनाउने बताउनुभएको छ । अन्य पेशा भन्दा यो सहज र निरन्तर गर्न सकिने पेशाको रुपमा रहेको उहाँले बताउनुभयो । चक्लाबन्दि खेतीको सुरुवातले कृषकहरुलाई थप सहज र आम्दानीमुखि बनाउनाले यो निकै कृषिको लागि उपयुक्त रहेको बताउनुभयो । कृषि योग्य मुलुकहरुमा चक्लाबन्दि खेति धेरै पहिले देखिनै सुरु भएको र सबै कामहरु मेशिन बाटै गर्दै आएको यो प्रविधि नेपालमा समेत यसको सुरुवात भएको उहाँले बताउनुभयो ।

उहाँले सयौँ बर्षपछि पनि हामिले प्रविधिको प्रयोग बाट मुलुकमा कृषि क्षेत्रलाई अगाडी बढाउन सफल भएको बताउनुभयो । उहाँले बिभिन्न खाद्यन्न सामाग्रीहरु अन्य देश बाट आएपनि धान भने बाहिर बाट नआउने र हाम्रै मुलक आसपासबाट उपलब्ध गर्न सकिने उहाँले बताउनुभयो । यहाँका आदिवासीहरुले नै धान पक्ता लगाएको र धानको बढी उपभोग गरेका हुनाले नेपालमा धान कहिले नासिएर नजाने बताउनुभयो ।

मन्त्रि भुसालले चक्लाबन्दी खेति सुरुवातीका लागि त्रियुगा नगरपालिकालाई नमुनाको रुपमा अगाडी बढ्न आग्रह गर्नुभयो । अन्यलाई पनि यस पाठका लागि नमुना बन्नु पर्ने र यसमा सफल हुन आग्रह गर्नु भएको छ । यसका लागि संघिय सरकार कृषि तथा पशुपन्छी मन्त्रालयले सक्दो आर्थिक सहयोग र भौतिक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

१ नं प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रि राम बहादुर रानाले कृषिको लागि नेपालमा चक्लाबिन्दी खेतिको विधि उपयुक्त रहेको बताउनुभएको छ । उहाँले चक्लाबन्दि खेतिमा सबै एकजुट भएमा, सिंचाइको व्यवस्था र मेसनरी औजार भएमा यो निकै आम्दानी मुखि कृषि विधि रहेको रानाले बताउनुभयो । मेशिन बाट काम हुँदा सस्तो र छिटो हुनाले किसानको उत्पादन र आम्दानीमा थोरै पनि घाटा नहुने बताउनुभयो ।

चक्लाबन्दि खेती सानो तथा साँघुरो जग्गाहरुमा गर्न नसकिने उहाँले बताउनुभयो । यो मेशनरीको प्रयोग गरी उत्पादन गर्ने कृषि प्रणालीका कारण यसका लागि ठुलो र सम्म जमिन चाहिने उहाँले बताउनुभयो । चक्लाबन्दी खेतीका लागि मेशिनको प्रयोगले जमिन सम्माउनु पर्ने र उस्तै खालको मलजलको प्रयोग गरी खेति गर्नु पर्ने उहाँले बताउनुभयो । चक्लाबन्दी खेती सुरुवातीको कामना गर्दै मन्त्रि रानाले प्रदेशले यसका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

तस्विरहरु