पूर्णपुष्टि, पुष ३
उदयपुरमा भोलीबाट सुरु हुने खाना परिकार महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ । उक्त महोत्सवमा बिभिन्न जातजातिहरुको खाना परिकार प्रदर्शन गरिने आयोजकले जनाएको छ । झिगुुँ नेवाः पुुचःले आयोजना गरेको प्रदेशस्तरको दोस्रो खाना महोत्सवको आयोजना आईतबार अन्तिम तयारी पुरा गरेको हो । कला संस्कृति संरक्षण, जातीय परिकार प्रवद्र्धनसहित पर्यटन विकासका लागि महोत्सव गर्ने भएको हो । सोही अवसरमा लाखेनाच महोत्सव र नेवा छमछमी प्रतियोगितासमेत गर्ने जनाएको छ ।
महोत्सवमा परम्परागत तथा सांस्कृतिक झल्किने विभिन्न जातजातीको भेषभुषा तथा झाँकीहरु प्रदर्शन हुनेछ । नेवा छमछमी सिजन ३ र लाखे महोत्सव हुनेछ । विभिन्न जातजातिका परिकार विक्री वितरण हुनेछ । दैनिक साङ्गितिक प्रस्तुतीहरु हुनेछ ।
मेलाले कृषि पेशालाई ब्यवसायिकरुपमा उन्मुख गराउन सहयोग गर्ने, ब्यवसायिक चेतना अभिबृद्धि गर्ने र लगानीको अवसरहरुको सिर्जना गर्ने आयोजकको दावी छ ।

