
पूर्णपुष्टि, फागुन ५ । उदयपुरको कटारीमा लागुऔषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा कटारी नगरपालिका–४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी–३ का कुमार सुनुवार पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुको साथबाट नाईट्राभेट–२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल बरामद गरेको हो । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
