Sunday, June 28News That Matters

उदयपुरमा लागुऔषधसहित ६ जना पक्राउ

पूर्णपुष्टि, चैत १०

उदयपुरमा लागुऔषध ब्राउनसुगरसहित छ जना पक्राउ परेका छन् । चौदण्डिगढी नगरपालिका–४ नमुनाबाट सोमबार दिउँसो करिब साढे ४ बजे लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

त्रियुगा नगरपालिका–१३ बस्ने ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दिपक रम्तेल, २४ वर्षीय हरी खड्का, चौनपा–५ बस्ने २३ वर्षीय सुनिल राई, सप्तरी जिल्लाको कंकालिनी नगरपालिका–७ बस्ने २५ वर्षीय ऋषीकुमार क्षेत्री र कंकालिनी नपा–५ बस्ने २० वर्षीय बब्लु मुखिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका विशेष प्रहरी टोलीले सप्तरीबाट उदयपुर तर्फ  आउदै गरेको सवारी साधन तथा मानिसहरुलाई रोकी चेकजाँच गर्दा  उनीहरुलाई ३.३८ ग्राम ब्राउन्सुगर, ७ बोतल कोरेक्स र ५० ग्राम गाँजा ,६ थान मोवाईल र नगद तीन हजार पाँच सय २५ रुपैयाँसमेत फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरमा ल्याई थप अनुसन्धान  भईरहेको प्रहरीले जनाएको छ ।