Tuesday, June 2News That Matters

उदयपुरमा लागूऔषधसहित मेडिकल संचालक पक्राउ

उदयपुर, बैशाख ४

उदयपुरको बेलकामा संचालन गरेको एक मेडिकलका संचालक लागुऔषधसहित पक्राउ परेको छ । नगरपालिका–१ आम्बासीमा रहेको बेलका मेडिलक पोलि क्लिनिक प्रा.लि. का संचालक सप्तरी चिरहुत गाऊपालिका–२ मैनाकडेरीका २६ बर्षीय सुबोध यादबलाई लागूऔषधसहित पक्राउ परेको हो ।

बिषेश सुचनाको आधारमा प्रहरीले शुक्रबार राती ११ बजे सो क्लिनिकमा खानतलासी गर्दा ट्रामाडोल हाईड्रोक्लेराइड १ सय ९८ ट्याब्लेट, डीसीक्लोमाइन हाईड्रोक्लेराइड ५ सय १५ ट्याब्लेट, कोफ्ट्याब डी ३ सय ५ ट्याब्लेट, ट्रामाडोल हाईड्रोक्लेराइड ओपिडोल १ हजार ५ सय २ ट्याब्लेट, प्रेगौट किट १० ट्याब्लेट, सिल्डेनाफिल ४ ट्याब्लेट, जुनुग्रा रेड १२ ट्याब्लेट र नगद एक लाख सत्र हजार र मोबाईल १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान सहित उक्त क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका यादवमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।