Sunday, June 28News That Matters

उदयपुरमा श्रमिक महिला दिबस सम्पन्न

मधुकर थापा 
गाइघाट, फागुन २५ 

नेकपा (क्रान्तिकारी माओबादी)निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले १ नम्बर प्रदेश स्तरिय १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिबस उदयपुरमा भब्य रुपमा सम्पन्न भएको छ । “बिश्वका उत्पीडित महिलाहरु एक हौं“ भन्ने मुल नाराका साथ सदरमुकाम गाइघाटमा भब्य रुपमा दिवस सम्पन्न  हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथी अनेमसंघ(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष अम्बिका रेग्मिले आधा आकाश ढाक्ने महिलाहरुले बिगतमा महिला मुक्ती आन्दोलनको योगदानको चर्चा गर्दै अहिलेको गणतन्त्रले दलाल पुंजिपतिहरुको संरक्षण गरेको र पितृ सतात्मक संस्कारको पृस्ठ पोषण गरेकोले जनगणतन्त्र स्थापनाको लागि अब फेरि महिलाहरुले बलिदानी गर्नु पर्ने बताउनुभयो ।उहांले उक्त कार्यक्रम मा संबोधन गर्दै अहिलेको दलाल संसदिय ब्यबस्थाले महिला मुक्ती नगर्ने, सत्तामोहमा फोहोरी खेल खेल्ने भएकोले यो ब्यबस्थालाइ ढालेर जसरी भयपनी  जनताको गणतन्त्र ल्याउने पर्ने बताउनुभयो ।

त्यसैगरि विशेष अतिथी  नेकपा (क्रान्तिकारी माओबादी)बैकल्पिक पोलिट ब्युरो सदस्य तथा प्रदेश इन्चार्ज मीन कुमार राउतले दलाल संसदिय ब्यबस्था असफल साबित भइसकेकोले महिला मुक्ती लगायत सबै खाले मुक्तिको निम्ति देशमा संघिय जनगणतन्त्र स्थापनाको लागि समय उपयुक्त बन्न थालेकोले अब हुने आंधिबेहेरिको लागि महिलाहरुलाई तयार रहन अपिल गर्नुभयो । उहांले संबोधन गदै महिलाहरुलाइ संधै दास बनाउने र पुंजिबादी राज्य ब्यबस्थामा महिलाहरुलाइ बिज्ञापनमा मात्र सिमित राख्ने भएकोले अब महिलाहरुले विशेष अधिकार मांग गर्नु पर्ने बताउनुभयो ।

त्यसैगरि त्यसै गरि बिप्लब निकट पार्टी सचिबालय सदस्य देवा र अनेमसंघ (क्रान्तिकारी )कि अनिता गजमेर,नेकपा ऋषि कट्टेलका रामलाल तामाङले पनि  शुभकामना मन्तब्य राख्दै महिला मुक्ती आन्दोलनलाइ सशक्तरुपमा लैजानु पर्ने र जनगणतन्त्र स्थापना गर्नु पर्नेमा जोड दिनु भयो ।

अनेमसंघ(क्रान्तिकारी)कि केन्द्रिय सदस्य सुमित्रा चौधरीको सभापतित्वमा भयको उक्त कार्यक्रमको स्वागत महिला नेत्री सुजता बनले गर्नु भएको थियो भने कार्यक्रमको संचालन अनेमसंघ(क्रान्तिकारी )कि केन्द्रिय सदस्य रिता मगर संरचनाले गर्नु भएको थियो ।

कार्यक्रम हुनु पुर्ब दलाल संसदिय ब्यबस्था मुर्दाबाद,संघिय जनगणतन्त्र जिन्दाबाद,बलत्कारिलाइ फाँसी दे ,क्रान्तिकारी महिलाहरु एक हौं  भन्ने नारा लगाउदै र्याली सहित गाइघाट बजार परिक्रमा गरेका थिय ।उक्त कार्यक्रममा उदयपुर ,सुनसरी,झापा र मोरङ जिल्लाका महिलाहरुको सहभागिता रहेको थियो ।