Monday, April 20News That Matters

उदयपुरमा १३ वर्षीया बालिका करणी अभियोगमा दनुवार पक्राउ

पूर्णपुष्टि, साउन ११

उदयपुरमा १३ वर्षीया बालिका करणी गरेको अभियोगमा एकजना पक्राउ परेको छ । कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आईतबार बालिका करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकालाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राती जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।