Saturday, June 20News That Matters

उदयपुरमा २५ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४४० मा झर्यो

पूणर्पुष्टि, असार ६
उदयपुरमा पछिल्लो २४ घण्टामा २५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । १३ महिला र १२ पुरुष सहित संक्रमित जिल्लामा थपिएको हो । पछिल्लो समय थप हुने ताप्ली र चौदण्डीगढीका रहेको छ । चौदण्डीगढीका १८, ताप्ली गाउँपालिकाको ७ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ ।

यो सँग जिल्लामा कुल संक्रमितको संख्या १९७५ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या घटेको छ । २ हजार पुग्न लागेको संक्रमितको संख्या पछिल्लो समय तिब्र रुपले घटेर कुल संक्रिय संक्रमितको संख्या ४४० मा झरेको छ ।
यता मृत्यु दर जिल्लामा सामान्य देखिएको छ । पछिल्लो समय जिल्लामा मृत्युको संख्या थपिएको छैन् । हाल जिल्लामा कुल मृतकको संख्या ४९ जना रहेको छ ।