
पूर्णपुष्टि, जेष्ठ ९
उदयपुरमा आज (आइतबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै उदयपुरमा संक्रमितको संख्या ६ सय ७८ पुगेको हो ।
आज कोरोना जितेर २५ जना घर फर्किए संगै जिल्लामा निको हुनेको संख्या १ सय १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
आज लिम्चुङबुङ, त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा संक्रमितहरु थपिएका छन् । लिम्चुङबुङमा १४, त्रियुगामा ५, बेलकामा ३ र चौदण्डीगढीमा १ गरी कुल संक्रमित ६ सय ७८ पुगेको छ ।
जिल्लामा अहिलेसम्म संक्रिय संक्रमित २ सय ९३ पुरुष र २ सय ४९ महिला गरी ५ सय ४२ हरेका स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । आज कोरोनाले कसैको पनि ज्यान गएको छैन, जिल्लामा मृतकको संख्या २३ रहेको छ ।
