Saturday, May 16News That Matters

उदयपुरमा ५ दिने अभिमुखिकरण तालिम सम्पन्न

उदयपुर, माघ १९ गते । 

उदयपुरमा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि पाँच दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।  जिल्ला समन्वयन समिति उदयपुरको आयोजनामा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धि अभिमुखिकरण तालिम आईतबार सम्मन भएको हो ।

चालु आर्थीक वर्षमा भूमी व्यावस्था, सहकारी तथा गरिबी मन्त्रालयलले गरिब परिचय पत्र वितरण गर्नका लागि ११ वटा जिल्लामा सर्वेक्षण संकलन गर्ने लागेको हो । उक्त कार्यक्रम अन्र्तगत जिल्लाका आठ वटै स्थानीय तहका लागि ९ जना सुपरिवेक्षक र ६२ जना गणकहरुले तालिम लिएको थियो । जिल्लाका नागरिकहरुलाई सुखी र सम्पन्न बनाउनको लागि यस गरिब घर पचिान तथा परिचय पत्र वितरण कार्यक्रमले ठूलो टेवा पु¥याउने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जनाउनुभएको छ । आधुनिक प्रविधिबाट सर्वेक्षण गर्ने भएकाले यथार्थ विवरण आउने अशा लिएको उनले बताउनुभयो ।

घर–घरमा तथ्याङ्क संकलन गर्न आउने गणकहरुलाई यथार्थ विविरण दिन र गणकहरुले जस्ताको तस्तै यर्थाथ विवरण संकलन गर्न प्रमुख परियारले आग्रह गर्नु भएको छ । यदि झुटा विवरण दिएमा रद्ध हुने र सुविधा पाईसकेको भएपनि मन्त्रालयले नियमन गर्न सक्ने कार्य विधि रहेको प्रमुख परियारले बताउनुभयो । घरको भौतिक संचनादेखि सवै कुरासमेटेकाले वास्तविक  गरिब पहिचान गर्न सहज भएको प्रमुख परियारले बताउनुभयो । तथ्याङ्क संकलन गर्दा आउने समस्याको समाधान गर्न जनप्रतिनिधिहरुसँग समन्वय गर्न गणकहरुलाई आग्रह गर्नु भएको छ ।

भौगोलीक विकटाले केहि समस्याहरु सिर्जना गर्न सक्ने जिल्ला समन्वय समितिका उप–प्रमुख गंगा राईले बताउनुभयो । केहि समय ढिलै भएपनि सत्य तथ्य परक तथ्याङ्क ल्याउनु पर्ने उहाँले बताउनुभयो । यो तथ्याङ्क जिल्लामा तयार गर्ने योजनाहरुको लागि पनि महत्वपूर्ण रहेको उप–प्रमुख राईले बताउनुभयो ।