
पूर्णपुष्टि,वैशाख २३
उदयपुरमा ६ वर्षीया बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । बेलका नगरपालिका–३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
किशोरले ती बालिकालाई वैशाख १६ गते ललाइ फकाइ करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
