
संखुवासभा, असार २८
संखुवासभा सिलिचोङको पहिरोले गाउँ नै बगाएपछि उद्धारमा खटेका एक जनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा अबिरल बर्षासँगै पहिरोले ९ घर बगाएको छ भने ११ जना बेपत्ता भएका छन ।
सोही क्षेत्रमा उद्धारमा खटेका स्थानिय २५ बर्षीय मदन राई एक्कासी वेहोस भई उनको बिहान सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
आज बिहानको राती करिब २ बजे सिलिचोङमा पहिरो गएको खबर पाउनासाथ तत्काल प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ ।
स्थानिय २ जना स्वास्थ्यकर्मी र स्थानिय मानिस सहित उद्धारमा खटिएको अवस्थामा हाल सम्म ५ जनालाइ उद्धार गरी स्वास्थ्यकर्मीहरुबाट उपचार भईरहेको प्रहरीले जनाएको छ ।
