
पूणर्पुष्टि, मंसिर १४
नेपाल उद्योग बाणिज्य संघको नयाँ नृतृत्वमा चन्द्र प्रसाद ढकाल बिजयी भएको छ । ढकाल महासंघको बरिष्ठ उपाध्यक्षमा बिजयी भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । ढकाल ५४ प्रतिसत मत सहित बिजयी भएका हुन् । उनले शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का गरेका छन् ।
आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको महासंघको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्वमा ढककाललाई पाएको हो ।
आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई भारी मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार तीन वर्षको कार्यकाल सकेर गोल्छापछि महासंघको नेतृत्व ढकालले गर्ने छन् ।
ढकालले ६३३ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी प्रधानले ४६७ मत ल्याए । विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रधानले एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला- नगरमा ५३ मत पाए ।
ढकालले मत परिणामसँगै पक्ष विपक्ष सकिएको र सबैसँग मिलेर निजी क्षेत्रको आवाज उठाउने जनाएको छ । शेखर गोल्छाको नेतृत्वमा एड्भोकेसी गर्दै आफूले सार्वजनिक गरेका २५ बुँदे कार्यक्रमलाई अघि बढाउने उनको उद्घोष छ ।
महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६४ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
