Sunday, May 17News That Matters

उपचारको क्रममा कोरोना संक्रमित वृध्दाको मृत्यु

पुर्णपुष्टि, बैशाख २० 

झापाको दमकमा एक वृध्दाको कोरोनाले ज्यान गएको छ ।

एक हप्ता देखी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा वृध्दाको उपचार भईरहेको थियो ।

नगरपालिका स्वास्थ्य शाखाका अनुसार दमक नपा– २ मा बस्ने ६५ वर्षीया  वृद्धाको सोमबार बिहान ज्यान गएको हो ।

कोरोना सङ्क्रमणको नयाँ भेरियन्टले गर्दा पहिला पनि एक वृध्दले ज्यान गुमाएको थियो । दमकमा सोमबार बिहान मात्रै नयाँ भेरियन्टका ७० जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जनाएको छ ।