
पूर्णपुष्टि, बैशाख १४
केहि समय पहिले यात्रु विहिन ओहोर दोहर गर्ने सवारी साधनहरु अहिले भरिभराउ मात्रै छन्न् सिट पुराउन समेत धौधौ भएको छ ।
कोरोना माहामारी दोस्रो चरणमा प्रवेश गरेको भन्दै काडमाण्डौँ यहि १६ गते बाट निषेधज्ञा गर्ने निर्णय भैसेको छ । २ दिन सम्म यात्रुलाई फकर्ने समय दिएको सुचना पश्चात यात्रुहरु उपत्यका बाहिरन तछाड मछाड गरिरहेको अवस्थामा छ ।
गोङगबुको नयाँ बसपार्कमा यात्रुहरुको ठुलो जमात देखिएको छ । नयाँ बसपार्क बाट मुलुकभरका करिब ६५ भन्दा बढी जिल्लाहरुमा यात्रुबाहक सवारी चल्ने नयाँ बसपार्क संञ्चालक ल्होत्से बहुदेश्यि प्रालिले जनाएको छ ।
यता प्रसस्त सिट नहुँदा यात्रुहरुले गुनासो गरेका छन् । घर जानका लागि टिकट नपाउँदा यात्रुहरुले बिचल्लीत हुने भन्दै गुनासो गरेका हुन् । लामु दुरीको सवारीहरु कम भएकै कारण टिकट प्रसस्त नभएको यात्रुहरुले गुनासो गरे ।
