काठमाडौं
पूर्णपुष्टि,माघ ६ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद् सचिवालयको अनुसार शुक्रवार उम्मेदवारी दर्ताको लागि तोकिएको समयसीममा २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् ।
इन्दिरालाइ सत्तारुढ दलको समर्थन छ । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् । त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । उपसभामुखको निर्वाचन शनिबार हुँदैछ । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।
