पूर्णपुष्टि,माघ ६ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहीवार प्रतिनिधि सभाले सभामुख पाएसँगै आजबाट उपसमाभुखको निर्वाचन प्रक्रिया शुरु गरिएको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी छ । रास्ववाले सोबिता गौतमलाइ उम्मेदवार बनाउने चर्चा छ । उपसभामुख निर्वाचन भने भोलि हुनेछ ।
