Sunday, June 28News That Matters

एउटै व्यक्तिको ३ वटा नागरिकता, दुरुपयोग गरेको आरोपमा पक्राउ

पूर्णपुष्टि,चैत्र ४

एउटै व्यक्तिले तीन वटा नागरिकता बनाएर दुरुपयोग गर्ने पक्राउ परेको छ । काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका–२ का ३७ वर्षीय कमल सुनार पक्राउ परेको हो ।

सुनुवारले बागलुङबाट एउटा मितिमा दुई फरक–फरक नामबाट दुई वटा नागरिकता लिएको र काठमाडौंबाट समेत अर्को नागरिकता लिई दुरुपयोग गरेको पाइएपछि केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको थियो ।

सुनाले बागलुङबाट कमल सुनार र कमल थापा, काठमाडौंबाट कमल सुनुवार नामबाट नागरिकता लिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले नागरिकता कमल सुनार र कमल सुनुवार नामका दुईवटा नागरिकताको सक्कल प्रति र एउटा राहदानी पनि बरामद गरेको छ ।

सुनारले यी नागरिकता पेस गरेर विभिन्न सरकारी कार्यालयबाट सेवासमेत लिइसकेको पाइएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको  सीआईबीले जनाएको छ ।