Wednesday, July 8News That Matters

एक लाख ४२ हजार नक्कली नोटसहित ५ जना पक्राउ

पूर्णपुष्टि, पुष १२ । जिल्ला धनगढी उप–महानगरपालिका वडा नं. ४ बसपार्कस्थित साल्ट टे«डिङ कर्परेसनबाट एक लाख ४२ हजार नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साल्ट टे«डिङ कर्परेसन अगाडि नक्कली मुद्राको कारोवार भईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जताएको हो ।

पक्राउ पर्नेमा लाल बहादुर साउँद, लिलाधार मिश्र, करन सिंह धामी, मोहन सिंह बोहरा र टेकेन्द्र धामी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट बाघको जस्तो देखिने हड्डीह, बैंकका चेकहरु, लुकाइएको जडिबुढी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।