
पूर्णपुष्टि,चैत ६
एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौँको कान्तिपथबाट भारतीय एक युवालाई प्रहरीले पक्राउ गरेको छ । भारत गोरखपुर घर भएका हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान साढे २ बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा आलमलाई पक्राउ परेको महानगरीय प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।
