Wednesday, May 6News That Matters

एटीएमबाट पैसा चार्ने ५ चिनियाँ पक्राउ

भदौ १५ गते ।

काठमाण्डौँको दरबार मार्गबाट एटीएमबाट पैसा चोर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गतराती दबार मार्गको नविल बैँकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालार्ई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको परिचय नखुलाईएको भएपनि सबै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । एटीएमबाट पैसा चोरी गर्ने समूह विरुद्ध काठमाडौं प्रहरी परिसरले विशेष अपरेसन चलाएको थियो ।