Wednesday, May 6News That Matters

एनसेल टावर आगजनी

भदौ ३ गते ।

दाङको एक एनसेलको टावरमा अज्ञात समूहले आगजनी भएको छ । शान्तिनगर गाउँपालिका – ५ रगैाँको टावरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द (विप्लप) समूहले आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरे पनि अहिलेसम्म कसैले घटनाको जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगजनीबाट टावरको जेनेरेटर र तार लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।