Sunday, June 28News That Matters

एन्फाले खेलाडिको स्वास्थ्य परीक्षण गर्न गङ्गालाल अस्पतालसँग समन्वय

पुर्णपुष्टि, फागुन १२

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडिहरुको स्वास्थ्य परिक्षण गर्न गंगालाल अस्पतालसँग समन्वय गरेको छ । एन्फाले आफ्नो क्लवका खेलाडिहरुको स्वास्थ्य परिक्षण गर्नका लागी शहिद गंगालाल अस्पतालसँग् समन्वय गरेको हो ।

फुटबल क्लबका महिला तथा पुरुष खेलाडिहरुको मुटु परीक्षण गर्नलाई एन्फा र शहिद गङ्गालाल अस्पतालबिच समन्वय भएको एन्फाले जनाएको छ । सम्झैता पत्रमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीको हस्ताक्षर रहेको छ ।

एन्फाका राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा गङ्गालाल अस्पतालले  २० खेलाडिको मुटु परीक्षण गरीसकेको एन्फाले जनाएको छ ।