
पुर्णपुष्टि, फागुन ५
एपीएफ क्लबको एक उत्कृष्ट खेलाडी सावित्रा भण्डारी नेपाल पुलिस विरुद्दको खेलमा उनको घोडामा चोट लागेको छ । एमआरआई गराएर हेदा एसिएल च्यातिएको र बुधबार सम्म चोटको रिपोर्ट आएको अनुसार उनी १ बर्ष सम्म नखेल्न सक्ने सम्भावना रहेको छ ।
राष्ट्रिय महिला लिग सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको नेपाल पुलिस क्लबसँग को खेलमा ल्याण्डिङ नमिल्दा उनको घोडामा चोट लागेको थियो ।
महिला राष्ट्रिय टिमको उत्कृष्ट खेलाडी सावित्रा भण्डारीको घोडामा चोट लाग्दा अब आउने दिनहरुमा यस टिमलाई अपुरणीय क्षति हुनेछ । उनको उपचारकको लागी एन्फाले सहयोग गर्ने र शिघ्र लाभको कामना गर्दछु , एन्फका अध्यक्ष कार्माछिरिङ शेर्पाले मंगलबार सामाजिक संजाल मार्फत जानकारि गर्नु भएको हो ।
उनले १० खेलमा ४३ गोल गरेको छ । आर्मि र पुलिससँगको खेलमा भने गोल गरेकि छैन । एक खेलमा २ गोल गरेकी छिन भने बाँकिको ७ खेलमा ३ देखि माथि गोल गरेकी छिन् । चौदण्डिगडी सँगको पहिलो खेलमा १२ गोल र दोस्रो खेलमा भने ८ गोल गर्न सफल भएकी थिईन ।
