Friday, July 3News That Matters

एम्बुलेन्सबाट खसेर एक महिलाको मृत्यु

पूर्णपुष्टि, भदौ ४

दाङमा गुडिरहेको एम्बुलेन्सबाट खसेर एक महिलाको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री (स्थायी घर राजपुर गाउँपालिका ७ भैँसाहीनाका) की ३५ वर्षीया कमला विकको एम्बुलेन्सबाट खसेर मृत्यु भएको हो ।

एम्बुलेन्सबाट खसेर टाउकोमा गहिरो चोट लागेकी विकको बुधबार राति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट उपचार गरेर घर फर्किँदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट खसेको जनाईएको छ । ढोका खुलेर नलागेको अवस्थामा त्यही ढोकामा कमला अडिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।