
पूर्णपुष्टि,वैशाख २७
विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को कारणले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको छ । महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डकाले जनाएको छ ।
परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।
