
भदौ २८ गते ।
एसेज शृङ्खलाको अन्तिम टेस्ट खेलमा इंग्ल्याण्डले ७८ सनले अग्रता लिएको छ । २ सय ९४ रनमा इंग्ल्याण्डलाई समेटेर पहिलो सुरु गरेको अस्ट्रेलिया २ सय २५ रनमा समेटिन थियो ।
ओभलमा जारी प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाको इनिङ्समा यस पटक पनि स्टिभ स्मिथको ब्याटबाट राम्रो रन बनेको थियो ।
स्मिथले सर्वाधिक ८० रन बनाउँदा मार्नोस लाबुसचेनले ४८ रन बनाए । नाथन लियोनले २५ रन बनाउँदा म्याथु वेडले १९ रनको बनाएको थियो । अस्ट्रेलियालाई एकैदिनमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर एक्लैले ६ विकेट लिएका थिए ।
साम कुरानले तीन तथा क्रिस वक्सले १ विकेट हात पारेको थियो । आफ्नो दोस्रो पारि शुरु गरेको इंग्ल्याण्डले ९ रन जोड्दा कुनै विकेट नगुमाई ७८ रनको बनाई अग्रता बनाएको हो ।
