
पूर्णपुष्टि, वैशाख २६
ओखलढुंगामा मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा एक जनाको ज्यान गएको छ । खजिदेम्बा गाउँपालिका–१ आरुबोटका ६० वर्षीय महेश कुमार खड्काको ज्यान गएको हो ।
शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० वर्षीय प्रेम बहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै ज्यान गएको थियो । सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सुनुवारसमेत घाईते भएकाले स्थानिय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
